30 August, 2016

हेर न ,समय पातलिँदैछ 
अनि सहरका फुलहरु पनि 
बगान बाट अघाएर 
गमला तर्फ फर्किदैछन् 
मानिसहरु सडक रित्याएर 
सबै घर बसेका छन्
फेरि,
आकाश भन्ने त कुरै छैन रे
मुन्टो उठाएर माथि हेर्दा
सबै धुम्म देखिन्छ भन्छन्
चरा , जनावर , रुखहरु
सबै निर्जिब् भइसकेका छन् रे
खोला, तलाउ ,झरना पनि
हिमाल मैँ टाँसिएर बसेका छन्
यिनीहरु सबै हामी जस्तै हुनि भन्छन्,
सजिलो छ र यति गरेर मात्रै ?
रिसले अस्तित्व्को यथार्थ बदल्न सक्छ र कहिल्यै ??
~

No comments:

Post a Comment

Search In This Blog