17 October, 2011

'आमा'

यो स्वार्थी संसारमा
तिमी नै त छौ आमा,
आधा पेट न भर्यौ आफु
यो भीडमा भोकाएको,
म देखी खान दियौ।

रोएकी थियौ सुक्क सुक्क
यो सन्तानको चोट बोकी ,
पिडा कती छुपाएको
सह्यौ,भुल्यौ हाँसो दियौ।

लडेकी थियौ बैरी मेरा
आडम्ब,मोह,घमन्डहरु
अन्धकारमा टुकी थियौ
कती जल्यौ भित्र-भित्रै,
सद्ज्ञानको ज्योती दियौ।

साथ थियौ एल्को पर्दा
कमजोर मलाई आँट दियौ
साथी भयौ एक्लै रुँदा
हार बोक्यौ भाव उही,
सफलतामा सन्तोष दियौ।

छट्पटीका दिनहरु
लडेँ कती यात्रा जो यो
डोर्याउने हात थियौ
बाटो दियौ चेतनाको,
निराशामा विश्वास रोप्यौ।

घुर्की लाउँथें,रिस देखाउंथेँ
यो त्यो,यस्तो त्यस्तो
सम्हाल्थ्यौ,यो जीवन कस्तो
दिव्य तिम्रा उपदेश लाठी,
हृदय भरीको माया पोख्यौ
निस्वार्थ...निस्वार्थ..,
अनी त आमा तिमी,
यो सन्तानलाई जीवन दियौ।
अनी त आमा तिमी,
यो सन्तानलाई जीवन दियौ।।


© Shashi Raj Pandey
02.05.11

2 comments:

Search In This Blog