30 August, 2016

उतै, कुनै कुनामा छु झैँ हुन्छ जब
घरी घरी यी हावाको उपस्थितिमा 
पछ्यौदै , 
म ,मेरा प्रतिबिम्बहरु 
समुन्द्रको गहिराइ
र आकाशको उचाई सित
निहुँ खोज्दै बस्छौँ , एकान्तमा यहां
लाग्छ समय सुर्यले दिएको बुट्टे किरण
सुइ केवल नभएर
हाम्रो भावनाहरुको धर्को जस्तो
एक पछि अर्को
थोप्लाहरु जोडिदै त्यहिँ पुर्याउँछ
जहाँबाट जिवन सुरु गरेका थियौँ |
~

No comments:

Post a Comment

Search In This Blog