30 August, 2016

पराकम्पन

आज यति पटक कछुवा चल्यो भन्छन्
दुर गाउँबाट आएका खबरहरु हुन् यी 
पृथ्वी हल्लीएको छ रे बेजोड 
आकाशमा आगोका लप्काहरु सल्बलाएका
कालो निलो, मुसल्धारे पानी पोखुँला झैँ
धुम्म परेको प्रकृति, अदृश्य चन्द्रको आकृति
फेरी सौर्य मण्डल उल्टियो भन्छन्
धर्तीमा बडे चिरा परेका छन् जथाभाबी
चरा'चुरुङ्गी छट्पटाई,छाती पिटिपिटि मरे अरे
अनी फेरी पहाड खसेर दैलो माथी
घर बारी सोत्तर भए भन्छन्
बिलखाबन्धन्मा जोग्गीएका जहान परिवार जो
रुँदै, भगवान पुकार्दै,जसले यो श्रृष्टि गरे
दुनियाँ सम्झदै शोक पोखी हृदयभित्रको
डर अनी त्रासदीमा चिच्याउन थाले
"फेरी कसलाई लिन आयो "
उनीहरु हरीया बाँसका मुठ्ठा जुटाउँदै
शहर पसेको देख्छु।
~

No comments:

Post a Comment

Search In This Blog