30 August, 2016

होईन, समय त्यो होईन
जुन शरीरमा टाँसिएको छ 
घडी भएर 
न कुनै भित्तामा झुण्डिएको क्यालेन्डर 
वा दुई तिन रोलमै गोजीमा बिलाएको
'तोयानाथको' पात्रो
नत्र यो जीवनको जोड घटाउ
कुनै शोधको आधीन हुनु पर्थेन
जसको केही निश्चित आकार आउँदैन
यस्तो साध्य, जहाँ प्रश्न हुन्न
केवल उत्तर मागीन्छ
'समय'को शुरुवात र अन्त्य टेकाईन्छ
जीवन भनिन्छ
हाँसोमा उडाईन्छ
अनी, फेरी टिक् टिक्
समय सुई हो र?
~

No comments:

Post a Comment

Search In This Blog