03 October, 2019

मानिसका चरित्रमा अहम् बनेर
प्रेम पलाएको छ, रिस रसाएको छ
निरन्तर-
भ्रमका हाँगाबिङ्गा जडेर,
आफ्नै आकृतिमा रमाएको छ उ,
खोइ किन हो
कती असजिलो छ,
अहम् लाई अहम् ले जितेको छ
एस्तो लाग्छ आकाश ले
आकाश भेट्न खोजेको छ
एकै जुनी छ जसको-
धर्तीमा नमिल्ने अहम् पालेको छ
उसैले।
~
केही कुराहरुले डोर्याउँछ
केही कुराहरुले समाउँछ
जीवन यसरी हुर्केको छ
केही त समयले चलाउँछ,
सोच्छु।
~
कुरै-कुरा मा 'आफुलाई' सम्झिएको होइन भने
कामै-काम मा 'आफैलाई' बिर्सिएको होइन भने
बिर्सन र सम्झनलाई भलै, केही ठाउँ छोडी दिनु
यो जो सपनाको भारी फुकाई,'आज' देखी लिनु ।।
~

Search In This Blog