27 April, 2013

यथार्थ

मलाई लाटो नभन
केबल मनको कुरा नबोलेको मात्र हुँ
म बुझ्छु सब कुरा,
हृदय खोलेको छु।
मलाई बहिरो नभन
केबल मनको कुरा नसुनेको मात्र हुँ
म उन्छु सब भावनाहरू,
विचार जोडेको छु।
थाहा छ,यहाँ
सुन्नेहरू धेरै छन्,
म बहिरो।
बोल्नेहरू धेरै छन्,
म लाटो।
म बुझ्छु,
यहाँ यति बोलिन्छ ,
दिन-रात,उस्तै कुरा-
न कसैले सुन्छ,
न कसैले बुझ्छ।
केबल बोलिरहन्छन्
निरर्थ,निरन्तर।
यो भिड हो,हरे निर्जिव हामी
कति लाटो,कती बहिरो
को लाटो?को बहिरो?
~शशिर

Search In This Blog