30 August, 2016

मेरो परिचय बनेका साथिहरु 
जब सम्झन्छु -तिमी , म
हामी 
खुसिले भरिन्छु ह्र्दयभरी 
पुराना दिनहरुमा । 
जिवन यसरी रमाएको साथै
मलाई त अझै उपद्र् गर्न मन छ
कति अपुग सङ्गत् जस्तो है
हरेक प्रहरले बतासिएर बोलाउँछ सधैँ
उतै , जाउँ कतै फेरि बिगतमा झैं लाग्छ
एक मन पुगि फर्कन्छु पनि , सुटुक्क
मुस्कानको महोत्वकांक्षाले ।
यी भवनाहरु
अविस्मरणिय बनेर कसरी अटाएका
अथाह समुन्द्र जसरी ,
मन मस्तिस्कमा
गहिराई पर्याय सम्बन्धहरुको
सायद ,
मानिस केहि समय छ संसारमा
अघि पछि , रहे नरहे पनि
लाग्दैन जति म जोडिएको
केहि कम छौ तिमी पनि
सधैँ ।
~

No comments:

Post a Comment

Search In This Blog