30 August, 2016

बिहानीको चौतारी जसरी म
शितल बतासले बाँधिन्छु र
सामीप्य प्रकाश सितको एक
नव आशा लहरीएर आउँछ
मानौँ प्रकृति आफै
बिभिन्न आकारमा सजिएर
म भित्र बसेको छ ।
अनी यहि वृक्षको फेदमा अढेसिएर
जिवन सजिव चित्र लाग्छन् यसरी
खै, आफै बटुवा भएर पनी म त
सुस्ताउँदा छहारीको मात लागे जस्तो
बिउँझिन मन हुन्न, र खुशी
यसैमा समेटिएको पाउँछु, शायद
मेरा केहि बिहानीहरु
प्रिय छन् आफैमा।
~

No comments:

Post a Comment

Search In This Blog