30 August, 2016

आजको आकाश हेर्छु , हिजोको हुरी सम्झन्छु 
डर त हामी सबैले पालेका थियौँ होइन र कतै 
दिन नफिर्ला जस्तो भएको,भोलि नहोला जस्तो 
तर आज फर्किएको छ उस्तै प्रक्रिति धर्तिमा 
फरक सुगन्ध बनेर वातावरण सजिएको छ 
सुन्दरताको पर्याय बनेर मानिसहरु सहरमा
मुस्कुराइरहेछन् हिजो र आजको परिधिमा
जिवन को मिठास यिनै होइनन् र भन न
न आज जस्तो सधैँ, न हिजो जस्तो पनि ।
~

No comments:

Post a Comment

Search In This Blog