12 July, 2015

शुन्य

जीवनको अनिश्चीतता 
र बढ्दो उमेरको परिधी भित्र
एक निमेश 
सोम्य, शान्त कसरी हुर्कियोस 
बोल न तिमी -
केही
मन बहलाउने सपनाका कुराहरु
म भुल्न चाहन्छु दिन जसै 
भित्ता भित्र कुदिएका 
पत्थरहरुको ।
कती भिन्न कथामा सजिएर 
टुक्रा-टुक्रा जोडीएका यि - एक  
अनी मन्चन ,तिम्रो मुखारबिन्द बाट
जब अनौठो कम्पन सिर्जित हुन्छ 
धर्ती छातीहरु को रेसा रेसा छुट्टिएर 
उतर दक्षिण लम्कन्छन् ,
यत्र तत्र ।    
यसैमा,कतै किनारा सग्लिएला बरु 
मनुवा डुंगाहरु शहरका भवसागर माझ 
बादलका आकृति झैँ 
असंख्य रुप देखाउँछन् बिपदमा 
रमिते , सुन्य 
जीवनको अनिश्चीतता र 
बढ्दो उमेरको परिधी भित्र ।
~

Search In This Blog