30 August, 2016

सपनाको आकार हुँदैन कतै 
अन्धकारको भित्ता जसरी 
जति उग्र बनेर उज्यलोमा 
बिलय हुन्छन् दिनका फेहेरिस्त् 
न तिमि छौ , न म छु जस्तो 
अपरिचित,
समाजका मानक भई
एक्लै रुमलिएका निर्जिव् जाति
न देख्न सक्छौँ ,न देख्ने रहर छ
केवल दौड छ
सफल हुनु छ
खै बुझेको?
सपनाको आकार हुँदैन कतै
अन्धकारको भित्ता जसरी ।
~

No comments:

Post a Comment

Search In This Blog