30 August, 2016

हजार पाईला बनेर सपना 
कता हिँड्छन् बाटो छैन
समयमा, 
समय आफै 
शुन्य त होईन जसरी 
जीवनको भिन्न परिवेश रचेर
म, आफ्नो भित्री रहर भन्दैछु
जुन कुनै आकृतिमा आटाउन सकोस
तर यो केवल कल्पना हुन सक्छ र?
सम्भावनाको पनी त सम्भावना हुन्छ
अर्थ हुन्छ जीवन्त
सपनाहरु को,
जसले बाटो बनाईदेवोस
खुशीको ।
~

No comments:

Post a Comment

Search In This Blog