30 August, 2016

'नोस्टालजीया' भनीछु सायद 
मलाई, आफु छु छैन लागेर
सम्झनामै भए पनी जीवनको 
मिठो कल्पना बनेर आउँदा 
एक नजर फर्किएर चिन्नेहरु 
वचन दिए हुन्थ्यो नी लाग्छ
किनकिन त्यसै रहरहरु यसरी
खुशी हुने बहाना बनाउँदै कति
स-साना सपनाहरुको परीचयमा
नजिकिदै जान्छन्, अनी म पनी
भावनाहरु सित मनोवाद लेख्छु
चश्मा सिउ्रिएर, दृष्टी सपारेर
हेर न, कस्तो है मन पनी त
मान्छे हुँदैछु, चिने चिने जस्तो।
~

No comments:

Post a Comment

Search In This Blog