30 August, 2016

समय तोकिदिएर नाडिमा
घडीको टिक टिक रफतार सँगै
जिवन एक सुर पछि लागेको छ
मानौँ बाटो अघि, पाईलाहरु पछि 
एक अनि अर्को गर्दै, लर्को बाँधि
कमिलाका ताँतीहरु जन्ती हिँडे झैँ
देख्दा कत्ती मिलीजुली, सुक्ष्म रुपमा
कोर्दै अघि बढेका रेखा पहिल्याउँदै
घर फर्केका छन् -
त्यो घर होईन।
यस्ता जिवनका बिम्बहरु
पाईला बाटो लेख्दै अघि बढ्छ
डुङ्गा सागरमा भुले सरी
आफ्नो अस्तित्व निस्फिक्री चुन्छ
तब रोमान्चले भरीपुर्ण आकाशगंगा
र धर्तीका जलबिहार एकै हुन्छन्,अनी
सारा जगत बिशाल निल ताल बन्छ।
सारथी पूर्ण जस्ता असंख्य सृजनाहरु
मानसपटलका एकाग्रता तोड्न आउँनेछन्
यी, एकोहोरो सामाजिक रट्टान भत्काउनेछन्
चेत रचनाहरु सोधका मिली
बल्ल बन्नेछ काँटा बिहिन सुन्दर घडी
भिन्न, मान्छे जस्तो
समय पनि |
~

No comments:

Post a Comment

Search In This Blog