30 August, 2016

खुसीको लोभी भनन मलाई 
म सहर्श् स्विकार्न चाहन्छु 
गूण दोश् कसको छैन र यहाँ 
यी बिम्ब त सबै जिवनसँग 
सुन्दर सहयात्रि भएर हिड्छन् 
जस्तै कि तिमी र म पनि त
एक अद्रिश्य् संसार बनेका छौँ
चाहंदा,नचाहंदै ।
केवल समयले मलाई
रङमन्च् नबनाईदिए
म निर्धक्क भन्न सक्छु सायद
मेरा भवनाहरुमा ,
खुसिकाहरुमा
कुनै अप्राक्रितिक कला छैन् हुनेछ
कुनै कथा छैन् हुनेछ
मात्र यथार्थ ।
~

No comments:

Post a Comment

Search In This Blog