18 November, 2011

तिम्रो लागि

औसीँ लुट्ने पुर्णिमाको रात लिई आएको छु
तिमीलाई सुहाउने जात लिई आएको छु।।

शरीरमा जीवन भर्ने , स्नेहको श्वास बोकी 
चौतारीमा वर-पिपलको साथ लिई आएको छु।।

मुहारमा हर्ष छर्ने , वसन्तको रङ बोकी 
अलौकिक उमङगको आश लिई आएको छु।।

हृदयको छल हर्ने , सालीनताको मोह बोकी
सफलतामा सन्तुष्टीको बास लिई आएको छु।।

 औसीँ लुट्ने पुर्णिमाको रात लिई आएको छु
तिमीलाई सुहाउने जात लिई आएको छु।।

©Shashi Raj Pandey
18.11.11

      

No comments:

Post a Comment

Search In This Blog