30 August, 2016

बिहान उठेर जब आकाश हेर्छु 
रित्तो झैँ देख्छु ,अनि बादल खोज्छु
देख्दिन कतै,केवल फराकिलो सन्सार
निलो प्रक्रिति , निलो आकाश
फेरी बादल माथी बस्ने हरुको 
घर कता जान्छ ,सोचमा पर्छु।
आए कुनै दिन , यी अनुहार भित्र
बादल भई उड्ने चराका सपना
पुग्दा क्षितिजमा टेक्ने ठाउँ खोज्दै
बिहानी पख धर्तिमा बस्ने ,मानिस हामी |
~

No comments:

Post a Comment

Search In This Blog