26 October, 2011

" टुहुरोको तिहार"

रङ रङ फेरी बल्ने
दियोको त्यो ज्वाला हेरी।
बसेको छु शहर माझ
कुरी आफ्नो जल्ने पालो।।

बत्ती कत्दा केही पटक
बेरेको त थियौ मलाई।
भयो बेला चोप तेलमा
अब मेरो गल्ने पालो।।

लायौ राम्रो खायौ मिठो
तिम्रै भयो दशै तिहार।    
मै टुहुरो यो जीवनको
बोझ बोकी चल्ने पालो।।      

रङ रङ फेरी बल्ने
दियोको त्यो ज्वाला हेरी।
बसेको छु शहर माझ
कुरी आफ्नो जल्ने पालो।।
  
©Shashi Raj Pandey
26.10.11

25 October, 2011

“यात्री"

निस्केको छ यात्री आज
घमन्डको पोको बोकी
यहाँ त्यहाँ कुद्छ कती
नमेटिने प्यास बोकी ..
 
कठैबरा मुर्ख कस्तो,
चित्त खुम्च्याई फुल्न खोज्छ
आफ्नै रङ न चिन्छ,भुल्छ
ठोस भई घुल्न खोज्छ


©Shashi Raj Pandey
23.10.11

17 October, 2011

'आमा'

यो स्वार्थी संसारमा
तिमी नै त छौ आमा,
आधा पेट न भर्यौ आफु
यो भीडमा भोकाएको,
म देखी खान दियौ।

रोएकी थियौ सुक्क सुक्क
यो सन्तानको चोट बोकी ,
पिडा कती छुपाएको
सह्यौ,भुल्यौ हाँसो दियौ।

लडेकी थियौ बैरी मेरा
आडम्ब,मोह,घमन्डहरु
अन्धकारमा टुकी थियौ
कती जल्यौ भित्र-भित्रै,
सद्ज्ञानको ज्योती दियौ।

साथ थियौ एल्को पर्दा
कमजोर मलाई आँट दियौ
साथी भयौ एक्लै रुँदा
हार बोक्यौ भाव उही,
सफलतामा सन्तोष दियौ।

छट्पटीका दिनहरु
लडेँ कती यात्रा जो यो
डोर्याउने हात थियौ
बाटो दियौ चेतनाको,
निराशामा विश्वास रोप्यौ।

घुर्की लाउँथें,रिस देखाउंथेँ
यो त्यो,यस्तो त्यस्तो
सम्हाल्थ्यौ,यो जीवन कस्तो
दिव्य तिम्रा उपदेश लाठी,
हृदय भरीको माया पोख्यौ
निस्वार्थ...निस्वार्थ..,
अनी त आमा तिमी,
यो सन्तानलाई जीवन दियौ।
अनी त आमा तिमी,
यो सन्तानलाई जीवन दियौ।।


© Shashi Raj Pandey
02.05.11

04 October, 2011

मुर्खता

उ कला जान्छ,
देखाउछ,
झुक्याउछ
र म पत्याउछु,
विश्वाश गर्छु
मानिस न हुँ
उ दरिद्र अनुहार भित्र
कुबेर लुकाइ हासेको छ
र म अझै चढाइरहेछु
विश्वासका भेटीहरु...
© Shashi Raj Pandey
04.10.11

03 October, 2011

स्वतन्त्रता

म,
स्वतन्त्र छु
र मेरा बिचारहरु
तिम्रो सँकुचित परीधी त्यागी
निस्केकाछ्न् गगन चुम्न
संघर्सका पखेटा च्यापी
नयाँ युगको उद्घोश गर्न ...
 
© Shashi Raj Pandey
22.09.11



Search In This Blog