30 August, 2016

परीबन्धनमा परेका चराहरु 
पखेटा बिसाएर जब यसरी
मन्द मुस्कान सजाउँछन्, 
पिँजडाको परीधी हराउँछ
र फलामे जोडहरु 
घर'का दलान सरी टाँसिएर
सिर माथी आेत हुन आईपुग्छन्
अनाहक, अचम्म
आफ्नै अस्तित्वमा प्रश्नचिन्ह भएर।
मानिस हेर न यहाँ
जब हाँस्न सिक्छ अनी रुन डराउँछ
तर खुशी त रुनुमा पनी उत्तिकै छ
आ-आफ्नै पिँजडा भित्र बसेर
कुनै बेला।
~

No comments:

Post a Comment

Search In This Blog