30 August, 2016

सानो कथा जो बनेको छ जिन्दगी 
यी केहि पृष्ठभूमि बद्लिदै, मिल्दै 
श्रृंगारीँदै, कुरुप सजिदै 
बन्दै, भत्किदै 
जब नया आकृतिमा सुसुझित हुन्छन्
अनी अनेकन भावना न्यास्रीएर
विचार पखेटा जडित स्वप्न आकाशमा
भुत, वर्तमान र भविष्यको
सग्लो ईतिहास लेख्छन्
त्यती बेला,
म आफ्नै अस्तित्वको सार केलाउँछु
सम्झन्छु सहृदय
सँगै लेखिएका पात्रहरु
एक एक।
~

No comments:

Post a Comment

Search In This Blog