03 October, 2019

मानिसका चरित्रमा अहम् बनेर
प्रेम पलाएको छ, रिस रसाएको छ
निरन्तर-
भ्रमका हाँगाबिङ्गा जडेर,
आफ्नै आकृतिमा रमाएको छ उ,
खोइ किन हो
कती असजिलो छ,
अहम् लाई अहम् ले जितेको छ
एस्तो लाग्छ आकाश ले
आकाश भेट्न खोजेको छ
एकै जुनी छ जसको-
धर्तीमा नमिल्ने अहम् पालेको छ
उसैले।
~
केही कुराहरुले डोर्याउँछ
केही कुराहरुले समाउँछ
जीवन यसरी हुर्केको छ
केही त समयले चलाउँछ,
सोच्छु।
~
कुरै-कुरा मा 'आफुलाई' सम्झिएको होइन भने
कामै-काम मा 'आफैलाई' बिर्सिएको होइन भने
बिर्सन र सम्झनलाई भलै, केही ठाउँ छोडी दिनु
यो जो सपनाको भारी फुकाई,'आज' देखी लिनु ।।
~

31 July, 2019

What keeps these clouds afloat
That makes the raindrops
What lifts them up-and bring back,
The sun is nowhere near!
Have you burned the forest
Or, smoked all day and nights-
The earth is warming day by day,
No sweet as you may taste them!
The grey-Himalayas bleeds ice and snow
But, the lakes are empty, where did they go?
Have you wrapped them in plastic bags?
Or, thought to save it for your children?
~

08 July, 2019

Time

When the time will tell
"this ground belongs to you"
where the flames of desire have
burned down things, you always knew.
When the time will tell
it was windy, and the blazing fumes
were crawling over your face
somehow, you couldn't see the evening sun
making its way through; to your place.
When the time will tell
"Oh, the time you took to assimilate"
your belongings will be spared, for
the memories you have sold, to recollect
what will you do?
how well you'd stood?
when the time will tell
"not very soon".
~

26 March, 2019

रहर का समुन्द्रमा जोगिएर,जतन साथ 
पौडिदै छन् हजार फुलहरु प्रयास को
समय सँग को चिसो संघर्षमा यीनलाई 
फेरी आफ्नो सुगन्ध जोगाउनु छ जो । 
ए निडर छालहरु तिमीले यिनलाई 
पत्थर नसम्झिदिनु कतै
ए तेज किरणका स्पर्श हरु तिमीले
मायालु मुस्कान साथै बाटो देखाईदिनु बरु ।
तर, जो हिँडेको छ, कदम चलाउछ जसरी
उसको मन 'फुल' भईदेओस्, तैरिदै आउँछ
जो रोक्किएको छ बिदा भनेर,
उभ्भिएर कुरेर बस्ने छ बाटो-दोबाटो,
गार्हो त उसलाई ज्यादा छ ।
~

Search In This Blog