30 August, 2016

उनैको लागि
जो थिए नजिक यहि धर्तिमा 
र अहिले छैनन् बोली फर्काउन्,
उसै गरि । 
गएँ भनेर जानेहरु 
केहि नबोली जानेहरु
हाँसी खुसी जानेहरु
खुसी बोकि जानेहरु , अनि
जाने बाटोमा हेरेर त्यसरी नै
पालो कुर्ने हामीहरु ।
हेरन ,मृत्यु यस्तो सत्य भएर आउछ् अकस्मात्
जसको वजन समयले थेग्न सक्ला जसोतसो
हामी त केवल कुरुवा जस्तो
मान्छे ,पहिले आफ्नो पालो कुर्दै,
अनि अरुको है ।
बाहिर बसन्तको आगमन त छ
प्रकृतिले रुखो पारेका पातहरु
दिन-दिन गर्दै पलाउँदै त छन्
हरिया , पहेँला रङिबिरंगि आकृतिहरुमा
स्रिँगारिएका त छन् जिवन प्राप्तिमा उनिहरु
तर खोइ जिवनको बसन्त, म भित्रको
उनिहरु जस्तो ।
मन त निरस छ , निरिह छ यसरी
म छु छैन जस्तो भएको छु
एक एस्तो सत्य फेरि आएको छ जिवनको
आज जुन भुमि छोडेका छौ तिमिले
त्यहि ठाँउमा फुल भएर उम्रनु
म त पालो कुर्दैछु है
आफ्नो पनि
सम्हालिनु प्रिय कुरुवाहरु ।
~

No comments:

Post a Comment

Search In This Blog