22 June, 2014

मिल्ने भए..

मिल्ने भए,
म हुन्थेँ कतै
खुशी मनहरू संगै
यहाँ त केवल मन छ
निर्जिव।
न बोल्न खोज्छ
न सुन्न खोज्छ
एक्लिएर,
सोच्छ कती-
रुन्चे म।
उसै त,
चिटिक्क परेका लाग्छन् भित्ताहरूको
रंग फिक्का देख्छु,
अनी
लाग्छ घाम टाँसिएर
बादल लुक्छ आकाशमा
कुरुप बन्छ जग-अनी दिनहरू
हरेक।
एक फन्को मारेर,
कागहरू पनि
झ्यालै छेउ चित्र बन्छन्
बिरक्तिएर
काँ-काँ स्वोरहरू ती
प्रत्यक बिहान
मिल्ने भए....
म हुन्थेँ कतै
खुशी मनहरू संगै
यहाँ त केवल मन छ
निर्जिव ।

~ Shashi Raj Pandey

No comments:

Post a Comment

Search In This Blog