22 June, 2014

मलाई डर छ
बाटैमा गडेका उसका आँखाहरू
कतै आइपुग्छन्
अनी,
लैजान्छन् एक पटक चिमोटी भावनाहरू
तब मात्रै,रित्तो रहने
केवल सोच हुन्छ भन्थेँ होला
संमवेदनाको घुम ओडी
पथ्थर पनी त हाँस्न सक्छ
तर कतिन्जेल??
यहाँ त
बालुवा भरिएर शरीर भसिएको छ
भित्र-भित्रै
आफ्नै टुक्रा सँग अलग्गिएर बसेको उ
कहाँ तैरिन्छ र-
जिवन आफैमा पानी
आफैँमा ढुङ्गा ।
~ Shashi Raj Pandey

No comments:

Post a Comment

Search In This Blog