22 June, 2014

सूर्यको गती नै के छ र?
न दिन उ,
न रात हो
केवल घुमीरह्न्छौँ हामी
निरन्तर
आँखा चिम्लिएर
घरी उज्यालो,घरी अँध्यारो
हरीया रुखले घेरीएको बाटोहरू
शितल हावा चलोस् 'नचलोस्
के अर्थ जिवन,
मन भित्र राप छ
द्वन्द छ सम्झनाहरू को
त्यसै,
टाँसिन्छन् ठाँउ भन्दा बढी
मान्छेहरू
अनी रुन्छ आफै,
प्रक्रिती के र
उही जो थियो - रहन्छ
दिनहरू पो छूट्दैछन्
गते,बार तारीखहरू मा
भित्ते क्यलिन्डर बाट हराएका
राता अक्ष्यरहरू यी ।

~ Shashi Raj Pandey

No comments:

Post a Comment

Search In This Blog