22 June, 2014

एकै बोट टाँसिएर पनि
जिवन र म
फुल्छौँ आफ्नै क्षितिज
लाग्छ भिन्न,
तर
हुर्किएको धर्ति जो यो
जरा फेरिए जस्तो
गुम्सिएर माटो मुनि
बालुवा भित्रको अन्तर-संघर्ष
पानी हुन्छ
अनी,
नसा-नसा दौडन्छ
एकोहोरो
मानिसहरू, र म
उही हतार पालेर बस्छौँ-मन भित्र
रहर त पालिने जात
जिवन त जिउने जात,
उसै ।
~ Shashi Raj Pandey

No comments:

Post a Comment

Search In This Blog