22 June, 2014

मुठ्ठी बाँधी समातेको
जिन्दगीको डोरी यो
थाहा छैन कुन पल
थाक्छन् आैँला,खुकुलो पर्लान्
खुशी होला तब मात्रै
बाँधिएको मन यो छ
एक फन्को मारी पुग्लान्
क्षितिज पर जिवन त्यो छ
हाँस्लान् ओठ आशिश जप्ने
सोच्छु कतै कहाँ त्यो छ
लुकाउनै पर्दो रहेछ
हाँसो भित्र चोट जो छ
सिर माथी आकाश होइन
भाग्य खुल्छ झरी पछी
अन्धकारमा छुन खोज्दा
भाग्छ पर जुनकिरी
जिन्दगीको ज्योति यस्तो
सम्झौताको लुकाछिपी
प्रत्येक स्वाश बाँची फूल्ने
चाहनाको बोट जो छ
हुर्कन्छ की मरी जान्छ
एक पटक रोपेपछी
कति चल्छस् पाउ उसै
बाटो आफै छोपेपछी
पुगिनु नै छैन अब
सुरु जहाँ अन्त्य त्यो छ


~ Shashi Raj Pandey

No comments:

Post a Comment

Search In This Blog