03 November, 2015

म कस्तो नागरिक-
उपभोग्य। 
शान्त घोडाका टापहरु
नेपथ्यमा, 
रंग सजिएको छ गाढा 
युद्ध महारथी बुद्ध भई
रगत परीक्षण गरीरहेछन्
अनी, सडकमा
जोगी संन्यासी हुर्काउँदै
राक्षस निस्किएको छ, मुखौटा
एकलव्य शरीरहरु
मतिहिन सजावटी विद्या पहिरीएर
अघि बढ्दो छन्
दुःख उसै,
जान्दा जान्दै पनि
पछ्याउँछन्,
म जस्तो नागरिक
उपभोग्य घोडाहरु।
~

No comments:

Post a Comment

Search In This Blog