03 November, 2015

रानीपोखरी

रानीपोखरी
शहरको बिचमा उभिएर
परिवर्तन, प्रकाश र प्रहार सहि बसेको
दुर दराज नेपाली अस्तित्व को परिदृश्य 
जो आफैँ शिथिल तर अजय अचल छ
ट्याँकर, पानी र माछाहरु
अचेल एक आवेग,
यथास्थिति बिरुद्ध, उ चलायमान हुनु
अनी पो त देश बन्ला।
~

No comments:

Post a Comment

Search In This Blog