03 November, 2015

सन्दर्भ, उसलाई शिर दिँदा 
सम्मान केलाउँदै सम्बन्धको
जुग सन्त, महात्मा सम्झि। 
कुरा, उसलाई आेत दिँदा
पहाडभई अग्लि-उभिएर
सिमा प्रकृति,शत्रु बनेका सँग।
छेवै बसी,उ
आँखै सामु नाच्न थाल्थ्यो,
कङ्काल मित्रभाव झाँकी
हाम्रा कान थर्थराउँथे,
ऊ घन्काउँथ्यो सजावटि सँगीत
प्रेमको, हाम्रो मौनतामा।
जब घरै भित्र आयो,
फुल सजायौँ छिमेकि उ
एक एक उप्काउँदै भित्ताहरु
सद्भभाव, शान्ती, सम्बन्धहरु
झुल्कन खोज्दै सुनौलो बिहानी पनी
खोस्रीदै गयो, हाम्रो मौनतामा।
सोच्चेँ कतिन्जेल नबोलुँ,
परीवेश खराब कि सम्बन्ध
ईतिहास कमजोर या यथार्थ
सपनामा देखेँ,
हिमालको उचाई घट्दो छ
हिँउ पग्लि नदिहरु
दैलो नपुग्दै वाफ हुन्छन्
फर्कन्छन् आफ्नै आकाश मा
बादल, वायु अनी पानी
डर त उसलाई नि पैँचो छ।
~

No comments:

Post a Comment

Search In This Blog