03 November, 2015

यात्रा

यात्रा, एक अलौकिक रोमान्चमा 
हिँड्दैछु केहि दिन, हफ्ता 
महिनौँ पछिको अवसर 
जुटाएको छु उमेरको। 
उसलाई त केवल कथा चाहिएको छ 
घुम्ती, गोरेटो
उकालो, ओह्रालो
कोहि आईदेवोस् सुसेल्दै
लोक मिठा भाका
वायु, केश, फिरफिरे
चाल,
नव सोच, दृष्टि बोकेर।
म भने खुशीको खोजीमा
एक निरस जिवन
पुनर्जिवन पुकार्दै हिँडेको
शान्ति त केवल यहि
आफ्नै हिमाल तिर।
~

No comments:

Post a Comment

Search In This Blog