22 November, 2011

तिम्रो राजनीति..

एक खल्ती पिप्लामेन्ट'
आमाले बनाईदिनु भएको खाजा 'खट्टे' राक्दै
कापीका पान्नाहरु ,
बुवाले किनीदिनु भएको सिसाकलम च्याप्दै
निस्केको म शहर भित्र
केही पढ्छु आज,
केही सिक्छु आज।
विद्यालयमा लगाइएको ताल्चा अनी ,
आफु जस्तै सपना तुहाइएका  विध्यार्थीहरु
सँगाल्दै आमा बाबुको सपना अरे
'मेरो छोरा पढेर ठुलो मान्छे बन्छ!!'।।

©Shashi Raj Pandey
12.03.11

No comments:

Post a Comment

Search In This Blog