03 October, 2019

मानिसका चरित्रमा अहम् बनेर
प्रेम पलाएको छ, रिस रसाएको छ
निरन्तर-
भ्रमका हाँगाबिङ्गा जडेर,
आफ्नै आकृतिमा रमाएको छ उ,
खोइ किन हो
कती असजिलो छ,
अहम् लाई अहम् ले जितेको छ
एस्तो लाग्छ आकाश ले
आकाश भेट्न खोजेको छ
एकै जुनी छ जसको-
धर्तीमा नमिल्ने अहम् पालेको छ
उसैले।
~

No comments:

Post a Comment

Search In This Blog