15 June, 2013

प्रत्यक शुक्रबार रत्नपार्कमा…( एक अंश)

मान्छे त्यसै कमजोर हुदैन र पनि सबैको जीवन कुनै न कुनै सुरको स्प्रिङमा अड्किएको छ।त्यसैले उ डराउँछ,कमजोर सोच्छ,हुन्छ बेला मौका।म पनि। 
हिजो जस्तो लाग्छ शिरिशका फूलहरू हावाको मन्द बेग संगै यता ऊता टहल्दै बटुवाको पाउमुनी वास बस्न आइपुग्थे।यो शहर कती सुहाएको लाग्थ्यो,निलाम्मे। कुनै कलाकारको क्यनभास जस्तो -अनी कसरी म पारिजात र  सकम्बरी सम्झथेँ,एकैसाथ विशालनगरको त्यो घरमा।तर अहीले सब फेरिएको छ।पुरै सडक कुरुप छ जसरी मान्छे र तिनका मन पनि।"उसो त सुन्दरता अस्थिर हुन्छ आफैमा।त्यसको पछी लाग्नु नै मुर्खता हो।",म सोच्दैछु भिड भित्र गुम्सिएर।बाटामा मान्छेहरू बेमौसमी मन्सून र नगरपालिका सराप्दै हिड्दैछ्न।हिलोले शहर मातिएको छ,कुनै जड्याहा जस्तो।

म देख्दैछु सडक निर्दयी छ यहाँ।रत्नपार्कमा बसेर उ मलाई डर बेच्दैछ।म सोचमा छु।आज कसरी कसरी उसले म फेला पार्यो,कमजोर म।छेवैमा मान्छे को तौल नाप्ने घडी जस्तो मसिन छ,प्लास्टिकको निकै पुरानो देखिन्छ।छोटा कपडामा हिलो उसै पोतिएका छन्।सिर नअटाउने ढाका टोपी अनी सानो बटुको,त्यसमा जमेको पानी र डुबेका केही सिक्काहरू।यहाँ वजन जाँच्ने फुर्सद कसलाई र खोइ,म भुन्भुनाउँछु।उ ओत खोज्दैछ,पाउँछ तर रोज्दैन। ओतमा उसको परिवार भिज्थ्यो सायद।जिवनमा धेरै पल्ट यस्तो हुन्छ।केही कुरा खोजिन्छ,पाइन्छ पनि तर रोज्न सकिदैन।खोइ किन हो।कमजोर भएर??

म उसैको छेउ हिड्दै छु अहिले।उ सधैं बस्ने ठाउँ हो त्यो रत्नपर्कको।हाम्रो भेट हरेक हप्ता प्राय शुक्रबार पर्छ र पनि म उसको परिचयमा पर्दिन लाग्छ।सुन्दैछु छेवैमा सधैंझै मादल बजिरहेछ, कति मिठो ।'अस्तीको शुक्रबार एउटा मन्डली टोली आएर उसको आम्दनी खाइदियो।त्यो त उसको भाग!उ त झन् देख्दैन पनि।कस्तो!यहाँ सबै आफ्नै लागि बाँची रहेछन्,यो शहर नै उस्तो।',म साथीलाई सुनाउदै थिएँ एक दिन।"म" सुन्ने साथीलाई ।

म भित्र-भित्र उ सँग बोल्न खोज्छु,सक्दिन।उ मलाई देखे झैँ गर्छ खोइ कसरीआभास सायद तर मुस्कुराउदैन।मेरो गुरु उ।जिवन बुझाउँछ तर बोल्दैन,टोलाउंछ केवल।उमेरमा उ मेरो बाबु जतिको।मलाई पोल्छ यो कुराले।म आफैलाई घृणा गर्न थाल्छु,प्रत्यक शुक्रबार रत्नपार्कमा।यो कस्तो डर बेचिरहेको।उ नै किन यहाँ?अरु किन यहाँ??किन यस्तो??   
~                

No comments:

Post a Comment

Search In This Blog