23 November, 2011

जिरीको सवारी ??

चाहेरै पनि यसपाली ए.बी.सी जान पाईेएन।त्यही पिरले राती निन्द्रा पनि लाग्दैन।घरमा सबै खिस्सी गर्छन्,निकै चमक-धमक' देखाएँ अरे।"तेरो कलेज त बन्द छ,कुन 'टुर'मा जान आँटिस?",आमा भन्दै हुनुहुन्थ्यो।आज सबेरै कुन चाँहीले आमालाई कुरो लगाइदिएछ।नलगाउन् पनि किन??अचेल सबैको आँखामा बिझ्ने जो भएको छु म।खैर,ज भएपनि आज बिहानसम्म कता जाउँ कता भएर आफ्नै सुरमा घोत्लिदै थिएँ।त्यतिकैमा कानको जाली फुटाउंला जस्तो गरी फोनको घन्टी बज्यो।आमा नजिक पर्नु भएकोले मैले उठाउन खासै चासो पनि देखाइन।"झन्डै परमधामको यात्रा भएको!!"।अली परको आफन्तलाई चिनी रोगले च्यापेर अस्पातलमा भर्ना गरेको खबर आएको रहेछ।बिचरालाई धनले खाएछ।मान्छेलाई पैसा बडी भएपछि रोग लाग्नु कुनै नौलो कुरा भएन।सोचेँ तै तै भेटी आउने पो हो कि??

यस्तैमा मरेर बचेँको मेरो मोबाईलमा सौरवको फोन आयो।"लौ भोली जिरी जाउँ,के.यु खुल्ने केही सुरसार छैन अरे!"।क्या बात,'हुन्छ' थपिदिएँ।"सबैलाई खबर गरेर तिमीलाई सुचना दिन्छु।कोही नगएपनि तिमी,म र सिरिश त छदैँछौं"।

केही समयमै सबै चाँजो-पाँजो मिलएर भोली जिरी जाने पक्का पक्की पनि भयो। त्यही अनुसार भोली ठीक सवा सात तिर पुरानो बसपर्कमा भेट्ने योजना छ।अब यो रात चाँही कसरी कट्ला भएको छ मलाई!!            

©Shashi Raj Pandey
23.11.11

No comments:

Post a Comment

Search In This Blog