17 November, 2014

रहरै रहरमा
यस्तो रोग पालेको छु
मन भित्र,
डर लाग्छ आफ्नै सोचहरू ।
कुन बाटो हिँड्नु छ र ?
पुग्नु कता सपना एक
जति बढ्छन्
पाउहरू,
अघि भन्दा पछी लाग्छ
तब,
निकै पर लागिएछ हुन्छु
सम्झदा पो यात्रा-अनी
कोश कति चले जस्तो
सोच्छु,
आफु छोडिएछु
रहरै रहरमा-
यस्तो रोग पालेको छु
मन भित्र ।
~ Shashi Raj Pandey

No comments:

Post a Comment

Search In This Blog