27 March, 2015

क्रमश'मा एक पूर्णबिराम लागेपछीका दिनहरु
मेरो मौनताको भाषा,र
यो ढुङ्गा शरीर भएर पर्खदा
केवल,
आकाश विशाल भित्ता भएको छ
धर्ती उजाड मरभुमी अनी
द्रिष्य कुरुप यथार्थ ।
म अस्तित्वको दोधारमा
एक पछी अर्को कदम अड्याउँछु
न बढ्छु कतै उर्बर समाज भेट्छु
केवल टोलाउँछु - समय झैँ
हाँस्छु आफु सम्झिएर कहिले
रुन्छु आफु बिर्सिएर कहिले ,
डरहरुमा ।
जीवन कतै यिनै खेलाँचीमा अल्झिएर
समाप्तीको पर्खाई नपाओस्
अनी,लेख्द लेख्दै शब्दहरुको क्रमश'मा
एक पूर्णबिराम नलागोस्
कसैलाई , कहिल्यै।
~

No comments:

Post a Comment

Search In This Blog