12 January, 2014

काठमान्डौँ

यहाँ शहरमा,
उसै कोलाहल जमेको छ
मानिसहरु भित्र
अनी सडकमा,
हिंड्ने भन्दा थुक्ने बढी छन्
ज्ञानीहरु,र म। 
रत्नपार्कको एक छेउ,
शिरीशका रुखहरु 
आफ्नै छायाँ कुल्चदै झुम्मिएका
एकसुर
वसन्त पर्खदै-
नेपथ्य,
आफैमा स्वरुप खोज्दो छ निरन्तर
भ्रम-चेतना आगन्तुकको ।
हरेक साँझ,
उसका आँखाहरु रसाएको देख्छु
अनी सोच्छु,
आँशु सत्य कि चोट?
जब सपना फुट्छन्-
पालो मिचेर
एक पछी अर्को अनी,
मर्दो रहेछ भोक पनि
सुन्य भएर
यहाँ,
शहरमा

~ Shashi Raj Pandey

No comments:

Post a Comment

Search In This Blog