मान्छे त्यसै कमजोर हुदैन र पनि सबैको जीवन कुनै न कुनै सुरको स्प्रिङमा
अड्किएको छ।त्यसैले उ डराउँछ,कमजोर सोच्छ,हुन्छ बेला मौका।म
पनि।
हिजो जस्तो लाग्छ शिरिशका फूलहरू हावाको मन्द बेग संगै यता ऊता टहल्दै बटुवाको
पाउमुनी वास बस्न आइपुग्थे।यो शहर कती सुहाएको लाग्थ्यो,निलाम्मे। कुनै कलाकारको क्यनभास जस्तो -अनी कसरी म पारिजात र सकम्बरी सम्झथेँ,एकैसाथ विशालनगरको त्यो
घरमा।तर अहीले सब फेरिएको छ।पुरै सडक कुरुप छ जसरी मान्छे र तिनका मन पनि।"उसो त
सुन्दरता अस्थिर हुन्छ आफैमा।त्यसको पछी लाग्नु नै मुर्खता हो।",म सोच्दैछु भिड
भित्र गुम्सिएर।बाटामा मान्छेहरू बेमौसमी मन्सून र नगरपालिका सराप्दै
हिड्दैछ्न।हिलोले शहर मातिएको छ,कुनै जड्याहा जस्तो।
म देख्दैछु सडक निर्दयी छ यहाँ।रत्नपार्कमा बसेर उ मलाई डर बेच्दैछ।म सोचमा
छु।आज कसरी कसरी उसले म फेला पार्यो,कमजोर म।छेवैमा मान्छे को
तौल नाप्ने घडी जस्तो मसिन छ,प्लास्टिकको निकै पुरानो देखिन्छ।छोटा कपडामा
हिलो उसै पोतिएका छन्।सिर नअटाउने ढाका टोपी अनी सानो बटुको,त्यसमा जमेको पानी र डुबेका केही सिक्काहरू।यहाँ वजन जाँच्ने फुर्सद कसलाई र
खोइ,म भुन्भुनाउँछु।उ ओत खोज्दैछ,पाउँछ तर रोज्दैन। ओतमा
उसको परिवार भिज्थ्यो सायद।जिवनमा धेरै पल्ट यस्तो हुन्छ।केही कुरा खोजिन्छ,पाइन्छ पनि तर रोज्न सकिदैन।खोइ किन हो।कमजोर भएर??
म उसैको छेउ हिड्दै छु अहिले।उ सधैं बस्ने ठाउँ हो त्यो रत्नपर्कको।हाम्रो भेट
हरेक हप्ता प्राय शुक्रबार पर्छ र पनि म उसको परिचयमा पर्दिन लाग्छ।सुन्दैछु
छेवैमा सधैंझै मादल बजिरहेछ, कति मिठो ।'अस्तीको शुक्रबार एउटा मन्डली टोली आएर उसको
आम्दनी खाइदियो।त्यो त उसको भाग!उ त झन् देख्दैन पनि।कस्तो!यहाँ सबै आफ्नै लागि
बाँची रहेछन्,यो शहर नै उस्तो।',म साथीलाई सुनाउदै थिएँ एक दिन।"म" सुन्ने साथीलाई ।
म भित्र-भित्र उ सँग बोल्न खोज्छु,सक्दिन।उ मलाई देखे झैँ गर्छ खोइ कसरी, आभास सायद तर मुस्कुराउदैन।मेरो गुरु उ।जिवन बुझाउँछ तर बोल्दैन,टोलाउंछ केवल।उमेरमा उ मेरो बाबु जतिको।मलाई पोल्छ यो कुराले।म आफैलाई घृणा गर्न थाल्छु,प्रत्यक शुक्रबार रत्नपार्कमा।यो कस्तो डर बेचिरहेको।उ नै किन यहाँ?अरु किन यहाँ??किन यस्तो??
~