उसलाई धेरैपछी देखेर होला म त्यसै गलेर आएँ।मन मस्तिस्क जमेझैँ भयो।शरीर गह्रौँ पथर जस्तो अडिग अचल भए।मुटुको ढुकढुक ध्वनी कन्चटका नशा-नशा दौडिएर उछिटिउँलाझैँ आँखिभौँतिरलम्कीरहे।जितुँलाझैँ त्यसै बेजोडका श्वास-प्रस्वासले झन् ठुलो अवाज जन्माइरहे।म झन् झन् अनियन्त्रित सोचहरूमा घेरिदै गएँ र उमकन पाइन।
'भाई चिया थप्नु हुन्छ??'
'भाई..'
'हँ।'
'भाई चिया थप्नु हुन्छ सोधेको।'
निकै नजिक आइपुग्दा मैले आफ्नो छेवै खप्टाएर राखिएको पतलो कुर्सी तेर्स्याएँ।धुलोले एक मसिनो पत्र पारी बसेको,सेता रुमालको एक फेरले दुई तिन पल्ट पुछिन्।उसैमा दागका केही चोक्टाहरू मेटिन अटेर्छन्।उनी त्यसलाई सहर्ष स्विकारेझैँ देखाउँछिन।ह्रिदयमा फक्रिएको हर्ष ओठबाट छल्किन पाउँदैन।म बुझ्छु।उनी टोलाई रहन्छिन,बोल्ने जाँगर देखाउँदिनन्।
उनीबाट केही ननिस्किएपछी म आफैँ सुरु गर्छु।'कस्तो छौ?खुसी छौ?सुखी छौ?'ठाडा प्रश्नहरू।
मसंग सायदै सोध्न केही थियो।भेटौँला र सोधौँला भनि केही साँचेको पनि थिईन।र पनि म बोलिनै रहन्छु,प्रश्नै प्रश्नहरू थुपरी रहन्छु।

म एकोहोरो भन्दै गएँ,'तिमीले मलाई दोस दिन पाउछ्यौ।भन्न पाउछ्यौ।म अझै उहिनै छु।केही फेरिएको छैन।'म आवेगमा भुन्भुनाइरहेछु।
खोइ किन हो उसका आँखाहरूमा मेरो सोधाईको केही प्रभाव छैन।म एक्लै फत्फताइरहेझैँ उनी केही हलचल देखाउँदिनन्।सायद मेरो अप्ठ्यारो सुरुवातले हुनसक्छ। म आफूलाई कति नै प्रगतिशिल किन नभनुँ,म आज'मा बाँच्न नसकेको मान्छे।म बुझ्छु,मैले उसको नारी अस्तित्वलाई चलाएको छु र अबको हाम्रो सङ्घर्ष अस्तित्वको हुनेछ,अहमंको हुनेछ।
उसबाट अझै केही फर्किएन।म एकसुरले बोलिनै रहेछु।मलाई धेरै भन्नु थियो।
'आफूलाई समाज सामु जतिनै लुकाए पनि,सत्य त्यहि हो र रहने छ।मलाई भन्न अप्ठ्यारो छैन,म आफुलाई हारेको महसुस गर्छु,उपेक्षित ठान्छु,कमजोर मान्छु।म तिमीलाई भनिरहनेछु,मलाई भन्न केही सरम छैन अब।म टालिएको भाषा जान्दिन,मलाई राम्रो हुनु छैन,राम्रो देखाउनु छैन।यही मानेमा म निडर पनि छु होला।भलै छातीमा बहदुरीका कुनै तक्मा भिरेको नहुँला।घरका भित्ताहरू सुन,चाँदी या पित्तलका सिक्काहरूले नसजिएका होलान्।मलाई त्यसको रहर छैन,लालशा छैन।कसैको इर्श्या पनि छैन।थाहा छ मलाई,यहाँ प्रत्यक तक्मा भित्र कतै एक काँतर कथा लुकेको छ।नडराइ बहादुर हुन सकिन्न।असफलताको बोझ नबोकी सफलताको यात्रा भेटिन्न।यी कुरा कसले भन्देओस्।'
'भाई चिया थप्नु हुन्छ??'
'भाई..भाई...!!'
'भाई चिया थप्नु हुन्छ भनेको??'
'हजुर??'
'निकै अबेर भयो आज त।पसल बन्द गर्न पनि ढिला भयो।तपाईँ नी घर लाग्नुस् आजलाई।कालजमना ठीक छैन।राती धेरै बाहिर बस्नु निको हुदैँन।'
'भाई..भाई...!!'
'हजुर??'
~ शशिर