28 November, 2011

झोला..

 म केही दिनयता मनको शान्तीका लागि कुनै बुटीको खोजिमा थिएँ।यस्तो बुटी जसलाई आफ्नो इच्छा अनुसार लाउन मिलोस,परी आए चपाउन मिलोस,निल्न सकियोस र काम नलाग्ने भएपछी ओकल्न सकियोस।स्वाद दिएर आन्द्रा कुहियाउने,पेट भरेर चित्त रित्याउने,जोश जन्माई होश तुहियाउने सब थोकबाट अब म अघाई सकेको थिएँ।यसै क्रममा रातदिन विभिन्न तिर्थ धाउन थालेँ। बिहान सबेरै उठ्नु र जप-तप गरी मठ-मन्दिरतिर लाग्नु अब मेरा लागि कुनै नौलो बिषय रहेन।यो मेरो दिनचर्या नै बनेको थियो।कहिलेकाहीँ,सम्योग नै भन्नु पर्छ दिल खोलेर हास्ने मौका पाइयो।तर मनले चिताएको शान्ती भने पाइएन।यिनै कारणले अचेल म त्यति खुशी हुन सकेको थिइन।अरु हाँसेको देख्दा समेत इर्श्या लाग्न थालेको थियो मलाई।      

आईतवारको दिन। आज कुनै बिशेष काम थिएन।जिरीबाट हिजो मात्रै फर्किएको,थकाईले जिउनै पिसिए जस्तो भएको छ। हिमाल देख्न नपाएकोमा मन खिन्न त छदै थियो तापनी यात्राको रौनकले केही हदसम्म सन्तुष्ट थिएँ।पढ्ने जाँगर थिएन,यात्राको मिठो इस्मरणमा घुटुमुटीएर ओछ्यान्मा लडेको थिएँ।सोचेको थिएँ आजको दिन यसरीनै बितिजान्छ।हुनपनी मलाई शहर घुम्ने केही सोख छैन अब।गाडीले धुलिखेल छोडेर बनेपा छिरेपछी एक मन रोएको पनि थिएँ।आफ्नै घर भएतापनी काठमान्डुको मलाई कुनै मोह छैन।पैतिस बर्ष अघि मेरो बुवाले पाउ टेकेको यो त्यै भुमी कहाँ रह्यो र अब।

मेरो घरै अगाडि प्राय घुइचो हुने गर्छ। शायद चोक परेर हुनसक्छ अन्यत्र भन्दा यहाँ निकैनै चहल्पहल देखिन्छ। र मलाई लाग्दैन यहाँ कुनै जिल्लाका मानिस बस्न छुटेकाछन्। यहाँ सब अटेका छन्,अटाइएका छन्।सब एकै पोको पारी कोचिएका,आ-आफ्नै स्वार्थमा गुम्सिएका यो शहर शरीरै शरीरको थुप्रो भन्दा केही रहेन।खाने भन्दापनी बाच्ने मुल भयो। सन्यासीको तपोबान मासियो,जोगीको धाम मैलियो।इीतिहस छिमेकमा बेचेर नयाँ युगको घोक्रे बिगुल पनि  फुकियो।भर दिन हुने भनौदाहरु यसलाई आफ्नु बनाउन ढुकिरहे,कुच्याइरहे।अहिले यो बिधवा भएकी  छे।श्रिङ्गारको पर्खाइमा छे।सोचेँ यहाँ घुम्नुको रत्ती अर्थ छैन।

सिरानीको चेपमा उकुस-मुकुस भएर बसेको फोनलाई वब डिलेनको 'ब्लोविङ इन द विन्ड'ले झस्काइ दिन्छ।'दस बजे तिर आईज न त!मेरो अलिकती काम छ पुल्चोक तिर।',फोनमा साथी सुमनले अर्थ्यायो।

बल्यकालदेखिकै साथी हो सुमन।प्रस्ट भन्दा त्यही एक मात्रै छ अहिल,मर्दा-पर्दाको साथी।नाइँ भन्नै सकिन।समयमै भेट्ने तय भयो।खाना खाएर आउछु भनीदिएँ।ठिक समयमा पुग्नु वा नपुग्नुले हाम्रो घनिस्टतालाई खासै फरक त पर्दैन तर पनि कसैलाई समय दिएर अबेर गर्नु निको हुँदैन।म समयमै उसलाई भेट्न पुगेँ।

चर्को घामको तोडले शरीरलाई झनै आलस्य पारेको  थियो।"पहिले भ्रिकुटीमन्डप जाउँ है।एक जान विद्वानलाई भेट्नु छ",सुमन भन्दै थियो।(केही गम खाएर)"कतिन्जेल अर्काको झोला भएर बस्ने भाई।घरी यो प्यानल घरी त्यो।जाँच कहिले हुने हो ठेगान छैन।भविश्य भन्दा सबैलाई राज्नीती सुझेको छ।विश्वविद्यलयमा ताला लगाकाछन।उनिहरुलाई के?"
अरुदिन भन्दा बिपरित,आज सुमन अली अक्रोशित देखिन्थ्यो।उसको बोलाइमा क्रोध र चिन्ता दुबै प्रस्ट झल्किन्थे। मसँग उसलाई दिने शायदै कुनै जवाफ थियो जबकी म आँफै पीडित छु।
"तलाई कुनै दलको तक्मा लगाएर किन हिंड्नु पर्‍यो।अनी तलाई कसले अरुको झोला हुनु भनेको थियो।विद्यार्थीमा राज्नैतीक सचेतना हुनु त पर्छ नै तर त्यसो भन्दैमा सबैले राज्नीती गरेर कहाँ हुन्छ र!जे उदेश्यले पढ्न जान्छस त्यही पो गर्ने हो।" मैले आफ्नो भनाइ राख्ने कोसिस गरेँ।शायद उसले विश्वबिद्यलय बन्द हुनुमा उसको भूमिका र अप्रतक्ष्य सहभागीता महसुस गर्‍यो पनि।त्यसपछी निकै बेर बोलेन।हामी एकसुरले हिँडिनै राख्यौँ।

भ्रिकुटीमन्डपमा उसको विद्वानलाई भेट भयो।ग्याम्म परेको,औँलाभरी सुनको पाता बेरिएको उ कुबेरको खजानाझैँ भान हुन्थ्यो।उसले आफु साथ एउटा ठुलो झोला पनि बोकी ल्याएको थियो।सुमनलाई देख्नासाथ उ हात मिलाउन तम्सियो।"दाई हाम्रो कलेज कहिले खोल्ने कार्यक्रम छ। छिटो खोल्नु पर्‍यो!",सुमनले मतर्फ नियाल्दै त्यस मान्छेसँग गुनासो पोख्यो।एती हुँदासम्म मैले उसको परिचय भने पाइसकेको थिईन।बुझ्दा थाहा भयो कुनै सँगठन प्रखर मान्छे रहेछ।"कसले बन्द गरेछ त्यता!!यस बिषयमा त बुझ्नै पर्छ।"
कुरा सुन्दा अनविग्य देखियता पनि उसको अनुहारमा मैले भिन्न किसिमको पहिचान पाएको थिएँ।सत्य पाक्कै अर्कै थियो,कतै लुकाइएको।यसै बिषयमा कसैलाई फोन पनि मिलायो।केही गरिदिन्छु टोपल्यो।"ल अब दुई तीन दिन होला। चिन्ता छैन,छिट्टै खुल्छ।" क्ष्यण भरमै सबै मिलेजस्तो बनायो।म केही नबोली एकोहोरो उसलाइनै हेरिरहेँ,बुद्द बनेर।

अनिपछी ,कुरै कुरामा उसले रहस्यको गुत्थी खोल्यो।पुल्चोकतिर कुनै भेलाको लागी कोरम पुराउन निस्केको रहेछ विद्वान।सुमनले मलाई जान निकै कर गर्‍यो।एक मनले देखी आउँ नसोचेको पनि होइन तर गइन।शायद कुनै अर्थ नदेखेर।

त्यताबाट निस्किएर म पारीपट्टी राष्ट्रिय सभा गृहमा चलिरहेको 'बृहत् पुस्तक प्रदर्शनी २०६८’मा लगेँ।उनिहरु मेरो नजरबाट परै छुटेका थिए।निकै अघी पुग्दापनी मेरो मन भने त्यही झोलामा अड्किएको थियो।मेरो साथी जस्तै कती विद्यार्थीहरु अचेल कुनै न कुनै रूपमा कसैको झोला भई हिंडेकाछन।यहाँ विद्यार्थिहरुलाई राज्नैतीक झोला बनाइन्छ,आफ्नो स्वार्थ बोकाइन्छ।आफ्नो अभिष्ट पुरा नहुँदा कती फालिएका पनि छन,कुनै कुनामा टाङिएका छन।एक पटक आँफैलाई बुझ्ने इच्छा जाग्छ,कतै म कसैको झोला त भइन??

मनमा अनेक तर्कना आउन थाल्यो।उसैत म मन छट्पटिएर बिरक्तिएको मान्छे,केही गर्न नसकेर अश्वस्त भएको थिएँ।अनायासै जिरी यात्राको हर्ष गुमाएछु।मुटु सानो पारी रित्तिएर म प्रदर्शनी भित्र पसेँ।भित्रको माहोल केही शान्त थियो।उती व्यवस्तित नभएपनी केही हदसम्म चित्तबुझाउने ठाउँ पाएको थिएँ।निकै बेर चाहरेपछी कृष्ण धरावासीको 'आधा बाटो' र भुपी शेर्चनको 'घुम्ने मेचमाथि आन्धो मान्छे' च्यापेर बाहिर निस्किएँ।शेर्चनको अन्धो मान्छे भित्र आफ्नो झोला'फेला पारेपछी म केही बेर घोत्लिएँ।यहाँ कती धेरै झोलाहरु.....।     

©Shashi Raj Pandey
26.11.11




     

23 November, 2011

जिरीको सवारी ??

चाहेरै पनि यसपाली ए.बी.सी जान पाईेएन।त्यही पिरले राती निन्द्रा पनि लाग्दैन।घरमा सबै खिस्सी गर्छन्,निकै चमक-धमक' देखाएँ अरे।"तेरो कलेज त बन्द छ,कुन 'टुर'मा जान आँटिस?",आमा भन्दै हुनुहुन्थ्यो।आज सबेरै कुन चाँहीले आमालाई कुरो लगाइदिएछ।नलगाउन् पनि किन??अचेल सबैको आँखामा बिझ्ने जो भएको छु म।खैर,ज भएपनि आज बिहानसम्म कता जाउँ कता भएर आफ्नै सुरमा घोत्लिदै थिएँ।त्यतिकैमा कानको जाली फुटाउंला जस्तो गरी फोनको घन्टी बज्यो।आमा नजिक पर्नु भएकोले मैले उठाउन खासै चासो पनि देखाइन।"झन्डै परमधामको यात्रा भएको!!"।अली परको आफन्तलाई चिनी रोगले च्यापेर अस्पातलमा भर्ना गरेको खबर आएको रहेछ।बिचरालाई धनले खाएछ।मान्छेलाई पैसा बडी भएपछि रोग लाग्नु कुनै नौलो कुरा भएन।सोचेँ तै तै भेटी आउने पो हो कि??

यस्तैमा मरेर बचेँको मेरो मोबाईलमा सौरवको फोन आयो।"लौ भोली जिरी जाउँ,के.यु खुल्ने केही सुरसार छैन अरे!"।क्या बात,'हुन्छ' थपिदिएँ।"सबैलाई खबर गरेर तिमीलाई सुचना दिन्छु।कोही नगएपनि तिमी,म र सिरिश त छदैँछौं"।

केही समयमै सबै चाँजो-पाँजो मिलएर भोली जिरी जाने पक्का पक्की पनि भयो। त्यही अनुसार भोली ठीक सवा सात तिर पुरानो बसपर्कमा भेट्ने योजना छ।अब यो रात चाँही कसरी कट्ला भएको छ मलाई!!            

©Shashi Raj Pandey
23.11.11

22 November, 2011

तिम्रो राजनीति..

एक खल्ती पिप्लामेन्ट'
आमाले बनाईदिनु भएको खाजा 'खट्टे' राक्दै
कापीका पान्नाहरु ,
बुवाले किनीदिनु भएको सिसाकलम च्याप्दै
निस्केको म शहर भित्र
केही पढ्छु आज,
केही सिक्छु आज।
विद्यालयमा लगाइएको ताल्चा अनी ,
आफु जस्तै सपना तुहाइएका  विध्यार्थीहरु
सँगाल्दै आमा बाबुको सपना अरे
'मेरो छोरा पढेर ठुलो मान्छे बन्छ!!'।।

©Shashi Raj Pandey
12.03.11

18 November, 2011

तिम्रो लागि

औसीँ लुट्ने पुर्णिमाको रात लिई आएको छु
तिमीलाई सुहाउने जात लिई आएको छु।।

शरीरमा जीवन भर्ने , स्नेहको श्वास बोकी 
चौतारीमा वर-पिपलको साथ लिई आएको छु।।

मुहारमा हर्ष छर्ने , वसन्तको रङ बोकी 
अलौकिक उमङगको आश लिई आएको छु।।

हृदयको छल हर्ने , सालीनताको मोह बोकी
सफलतामा सन्तुष्टीको बास लिई आएको छु।।

 औसीँ लुट्ने पुर्णिमाको रात लिई आएको छु
तिमीलाई सुहाउने जात लिई आएको छु।।

©Shashi Raj Pandey
18.11.11

      

26 October, 2011

" टुहुरोको तिहार"

रङ रङ फेरी बल्ने
दियोको त्यो ज्वाला हेरी।
बसेको छु शहर माझ
कुरी आफ्नो जल्ने पालो।।

बत्ती कत्दा केही पटक
बेरेको त थियौ मलाई।
भयो बेला चोप तेलमा
अब मेरो गल्ने पालो।।

लायौ राम्रो खायौ मिठो
तिम्रै भयो दशै तिहार।    
मै टुहुरो यो जीवनको
बोझ बोकी चल्ने पालो।।      

रङ रङ फेरी बल्ने
दियोको त्यो ज्वाला हेरी।
बसेको छु शहर माझ
कुरी आफ्नो जल्ने पालो।।
  
©Shashi Raj Pandey
26.10.11

25 October, 2011

“यात्री"

निस्केको छ यात्री आज
घमन्डको पोको बोकी
यहाँ त्यहाँ कुद्छ कती
नमेटिने प्यास बोकी ..
 
कठैबरा मुर्ख कस्तो,
चित्त खुम्च्याई फुल्न खोज्छ
आफ्नै रङ न चिन्छ,भुल्छ
ठोस भई घुल्न खोज्छ


©Shashi Raj Pandey
23.10.11

17 October, 2011

'आमा'

यो स्वार्थी संसारमा
तिमी नै त छौ आमा,
आधा पेट न भर्यौ आफु
यो भीडमा भोकाएको,
म देखी खान दियौ।

रोएकी थियौ सुक्क सुक्क
यो सन्तानको चोट बोकी ,
पिडा कती छुपाएको
सह्यौ,भुल्यौ हाँसो दियौ।

लडेकी थियौ बैरी मेरा
आडम्ब,मोह,घमन्डहरु
अन्धकारमा टुकी थियौ
कती जल्यौ भित्र-भित्रै,
सद्ज्ञानको ज्योती दियौ।

साथ थियौ एल्को पर्दा
कमजोर मलाई आँट दियौ
साथी भयौ एक्लै रुँदा
हार बोक्यौ भाव उही,
सफलतामा सन्तोष दियौ।

छट्पटीका दिनहरु
लडेँ कती यात्रा जो यो
डोर्याउने हात थियौ
बाटो दियौ चेतनाको,
निराशामा विश्वास रोप्यौ।

घुर्की लाउँथें,रिस देखाउंथेँ
यो त्यो,यस्तो त्यस्तो
सम्हाल्थ्यौ,यो जीवन कस्तो
दिव्य तिम्रा उपदेश लाठी,
हृदय भरीको माया पोख्यौ
निस्वार्थ...निस्वार्थ..,
अनी त आमा तिमी,
यो सन्तानलाई जीवन दियौ।
अनी त आमा तिमी,
यो सन्तानलाई जीवन दियौ।।


© Shashi Raj Pandey
02.05.11

04 October, 2011

मुर्खता

उ कला जान्छ,
देखाउछ,
झुक्याउछ
र म पत्याउछु,
विश्वाश गर्छु
मानिस न हुँ
उ दरिद्र अनुहार भित्र
कुबेर लुकाइ हासेको छ
र म अझै चढाइरहेछु
विश्वासका भेटीहरु...
© Shashi Raj Pandey
04.10.11

03 October, 2011

स्वतन्त्रता

म,
स्वतन्त्र छु
र मेरा बिचारहरु
तिम्रो सँकुचित परीधी त्यागी
निस्केकाछ्न् गगन चुम्न
संघर्सका पखेटा च्यापी
नयाँ युगको उद्घोश गर्न ...
 
© Shashi Raj Pandey
22.09.11



27 September, 2011

The Voiceless

For I am dumb,my sound is off
Can you lend me,your voice my friend
The war is dead-why soldiers lost
Stares perplexed child,his dreams to mend

I want to say-the pain I see
In naked body under the open sky
The shivering soul persists to feel
Hot days in wait,cold nights to cry

From mother's warmth,to the open streets
Your lavished life--how full of greed
What they feed;the withered seeds
This land is yours,where's their to breathe

You waste your words,all day in vain
Why what you see,you want to see
Wake for a while to soak that rain,
And help my friend to let them free!!


© Shashi Raj Pandey
27.09.11







17 September, 2011

The Untold..


Between,
living hope and dying fate
submerged thoughts and
flying debts
I brought few things,
the glories of dead
one cot to swing and
a lot to say

© Shashi Raj Pandey    
17-09-2011

Search In This Blog