आजकै दिन,साँझ
परेथ्यो
जब तिमी जन्मिएथ्यौ,
सबैको प्यारो, कान्छो बनेर
म जस्तै।
बाबा हर्षले सुम्सुम्याउन थाल्नु
भयो,
आमा,तिम्रो मुहारमा आफ्नो
भविश्य देख्नुभयो,
चन्द्र टल्किएझैँ,हिस्सी पारेको,
एक दिब्य कल्पना तिमी,स्नेह पोख्नुहुन्थ्यो।
तिमी बोल्न खोज्थ्यौ,
सब हाँसिदिन्थे,केबल उनी
बुझ्थिन्
आमा थीइन्।
तिम्रा कलिला गोडा कुदाउँला
झैँ हल्लिएका,
गुटुमुटिएर
तिमी भोलि कुर्दै
थियौ,
दिन,महिना बर्ष गन्दै।
मुठ्ठी सानो कस्सिएको,खुला पर्यौ
हातका रेखाहरू जोडिदै छुटिदै
लछ्छिन बेर्दै बसेका,
गोरेटोले बाटो पछ्याएझैँ
भाग्यका कुलाहरू,सफलताको खोलामा
मिसिएका,
कति सालिन,कती सौम्य।
हामी उहिलेकै साथी थियौँ,
रगतको नाता नजोडिएपनी।
हाम्रो गाँस फरक
थिए,भोक एउटै
तिम्रो भोजनमा म भरिएको
छु
अघाएको छु,थाहै
नदिई
कति पटक।
हाम्रो यात्रा भिन्न थिए,गन्तब्य एउटै
अग्ज्ञानतामा
हराउँदा तिम्रो हात समाएको
छु
उभिएको छु,तिम्रो
साथ पाई
कति पटक।
तिमी मेरो आँशु
पहिल्याउँछौ,मुस्कान दिन्छौ
हृदयको भरोसा भएका छौ
तिमी असफलतामा प्रेरणा दिन्छौ,उदाहरण बन्छौ
बाटो देखाएका छौ।
आजको दिन,म
सम्झन्छु हाम्रो मित्रता
बनीरहोस,अटल हिमाल
झैँ
चम्किरहोस सदैव प्रकाश
बनेर,
क्षितिज सम्म।
मेरो यहि कामना,
तिमी फुलिरहनु,हर मौसम
सुवास छरिरहनु,माया बाँडिरहनु।
यो मित्रताको मिठास कहिल्यै
नबद्लियोस,जूनीभर
यहि शुभकामना!
~शशिर